चारजना दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चारजना दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


राजविराज । सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।

सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताए ।

चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ । गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ वर्षीया छोरी रञ्जना, १० वर्षीया छोरी सन्तोषी र शिवनारायण मण्डलकी १३ वर्षीया छोरी राधाकुमारी तथा लक्ष्मण मण्डलकी १० वर्षीया छोरी नितुकुमारीलाई बाल आश्रयस्थलमा राखेर निःशुल्क लालनपालन र शिक्षादीक्षा दिइने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस