२० हजार रुपैयाँ घुस लिंदै गर्दा अख्तियारको टोलीद्वारा सरकारी वकिल पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

२० हजार रुपैयाँ घुस लिंदै गर्दा अख्तियारको टोलीद्वारा सरकारी वकिल पक्राउ


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले आइतवार उनलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा फेला पारेको थियो ।

उपन्यायाधिवक्ता घिमिरेलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस