Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साहित्य समाजको महाधिवेशन र अपेक्षा


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


सुदूरको भाषा कला संस्कृति साहित्यका बारेमा चिन्ता चासो राख्ने अग्रज साहित्यकारहरुबाट बि.स. २०५१ सालमा सुप साहित्य समाजको स्थापना भएको हो ।

स्थापना कालदेखि नै सुदूरको भाषा संस्कृति साहित्यको संरक्षणमा केन्द्रित सुप साहित्य समाज सुपको एक साझा र प्राज्ञिक साहित्यिक संस्थाका रुपमा राष्ट्रिय पहिचान बोकेको एक अब्बल साहित्यिक संस्था हो । जसले स्थापनाको छोटो समयमा नै आफ्नो तीन तले भवन बनाएको छ । अहिले यस संस्थाको नवाँै महाधिवेशनले चर्चा परिचर्चा पाएको छ भने यस संस्थाका करिव सवा चार सय आजीवन सदस्य रहेका छन् ।

अहिले यस गरिमामय संस्थाले नबौँ महाधिबेशन सम्पन गर्न गइरहेको छ । यहि सात गते तोकीएको साधरणसभा आवश्यक गणपूरक संख्या नपुगेका कारणले स्थगित गरी यसै महिनाको १६ गतेलाई सारिएको थियो । यसै महिनाको १६ गते हुन गईरहेको दुलहीरुपी गरिमामय संस्थाको नेतृत्वको लागि धेरै दुलाहारुपी साहित्यकार लागि परेका छन् । जसमध्ये रामलाल जोशी र टोपेन्द्र शाहको नाम बढी चर्चामा छ । त्यसका साथै वर्तमान उपाध्यक्ष तीर्थराज पाण्डेय, हेमन्ती जोशी, महासचिव हरिकृण्ण कठायत, पूर्व उपाध्यक्ष टी.एन जोशी, पूर्ब सचिब नरेन्द्र भट्ट र बर्तमान सह–कोषाध्यक्ष सुरत रावत डोटेलीकान्छा पनि आकांक्षी देखिएका छन् ।

यी दुई नेतृत्वमा दख्खल भएका क्षमतावान् स्रष्टा भावनात्मक रुपमा निकट देखिदैनन् यसकारणले थुप्रै अनुज साहित्यकारको मनमा चिसो पसेको छ ।

यी आकांक्षीहरु मध्येमा चर्चामा रहेका बेहुलाहरुमा रामलाल जोशी र टोपेन्द्र शाह नै हुन् । वि.स. २०५१ सालमा स्थापना भएको यस संस्थाको नेतृत्व लामो समयसम्म अर्थात् तीन वटा कार्यकाल पदमराज जोशीले सम्हाले । त्यसैको निकट अहिले रामलाल जोशी पुगेका छन् । उनले फेरि पनि एक पटक साहित्य समाजको बेहुलो हुने चाहाना राखेका छन् ।

यस भूमिमा थुप्रै अग्रज क्षमतावान् साहित्यकार भएपनि साहित्यकार पदमराज जोशी र रामलाल जोशीले लेखनका साथ–साथै साहित्यिक, राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो छबिको दायरा फराकिलो बनाएका छन् । यसकारणले पनि यी अग्रज क्षमतावान् स्रष्टाले सुदुरको साहित्यको दायरालाई फराकिलो बनाएका छन् तर बिडम्बना भन्नुपर्छ । यी दुई नेतृत्वमा दख्खल भएका क्षमतावान् स्रष्टा भावनात्मक रुपमा निकट देखिदैनन् यसकारणले थुप्रै अनुज साहित्यकारको मनमा चिसो पसेको छ ।

दुःखी तुल्याएको छ । यदि यी दुई ध्रुव एक ठाउँमा भई साहित्यिक गतिविधिमा सँगसँगै हातेमालो गर्ने हो भने सुदूरमा राजधानीलाई चुनौति दिने साहित्यिक माहोल हुनेछ । यसको आशामा सुदूरका प्रतिभावान प्रतिभाहरु प्रतिक्षारत छन् । यसकारणले पनि सबैको चाहना छ निकट भविष्यमा हुन लागेको साहित्य समाजको महाधिवेशन एकताको महाधिवेशन होस् । आकाँक्षी सबैको मुहार एउटै कार्य समितिमा देखियोस् । एउटा सर्वमान्य नेतृत्व आओस् । अहिले चर्चामा रहेका बेहुला टोपेन्द्र शाहको कथन छ मेरो उम्मेदवारी दुई धु्रवलाई एक ठाउँमा ल्याई साहित्यिक गतिविधिमा सकृयता दिनका लागि हो भन्छन् भने अर्का बेहुला रामलाल जोशीको कथन छ सुप साहित्य समाजमा अझै केही कामले पूर्णता नपाएकोले ती कामहरुलाई पूर्णता दिई सुदुरको भाषा,साहित्य कला संस्कृतिको दायरा फराकिलो बनाउन आफ्नो आवश्यकता रहेकाले यस पटक पनि साहित्य समाजलाई गतिवान् बनाउनका लागि उम्मेदवारी दिने मनसाय बनाएको बताउँछन् ।
वास्तबमै भन्ने हो भने यी दुई स्रष्टामध्ये टोपेन्द्र शाह सुपको साहित्यिक गतिविधि सक्रिय बनाउन निरन्तर लागि परेका छन् । विशेष गरेर सुदूरमा गजल विधालाई उर्वर वनाउनमा यिनको भूमिका महत्वपूर्ण छ । यिनी सुप गजल मञ्चको नेतृत्व हाँकीसकेका सबैका पृय र मिलनसार व्यक्ति हुन् यिनलाई साहित्यकार पदमराज जोशी, श्रेष्ठ प्रिया पत्थर, मनिराज जोशी लगायतका स्रष्टाहरुको सर्मथन छ भने अर्का चर्चामा रहेका बेहुला रामलाल जोशी बि.स. २०३४ सालमा डोटी जिल्ला कानाचौरमा जन्मिएर सुदूरको साहित्यलाई मलजल गर्न निरन्तर लागिपरेका स्रष्टा हुन् ।

आरोप र दवाबका बीच यी दुई स्रष्टाले मिलेर जान सके हामी सबैको जीत हुने थियो

साहित्य समाजलाई अहिलेको अवस्थामा पुर्याउन यिनको योगदान महत्वपूर्ण छ । जोशी विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष हुदै साहित्य समाजको दुई कार्यकाल नेतृत्व सफलताका साथ हाँकिसकेका छन् । नेतृत्व क्षमता र लेखन क्षमता अब्बल रहेका जोशी मोफसलमा रहेर मदन पुरस्कार पाउने सुदूरको पहिलो स्रष्टा हुन् । यो बेहुला रामलालको उपलब्धि मात्र नभई सुदूरका साहित्यकारका लागि पनि गौरवको विषय हो । यसकारणले उनलाई सुदूरले मात्र नभई देशले नै रुचाएको छ । उनका हत्केलामा आकाश(२०५७) गजल संग्रह र ऐना(२०७२) कथा संग्रह कृति प्रकाशित छ । जोशी कुशल नेतृत्व क्षमता भएका प्रखर ब्यक्ता हुन् । उनलाई पूर्व अध्यक्ष बाशुदेव पाण्डेय लगायतका स्रष्टाहरुको समर्थन छ । दुबै चर्चामा रहेका बेहुलाहरुमा बौलाहाको अनुरोध छ तपाई दुबै जना मिलेर एउटै कार्य समितिमा आउनुहोस्, यहि अपेक्षा सुदूरको साहित्यले खोजेको छ ।

समग्रमा भन्नु पर्दा सबै स्रष्टाले सुपकै भाषा संस्कृतिकै लागि काम गर्ने हो त्यसकारणले सबैले मिलेर सुदूरको भाषा साहित्यलाई माथि उठाउन लाग्नु पर्दछ । जसरी अहिले चर्चामा रहेका बेहुला टोपेन्द्र शाहले यस अघि पनि मैले उहाँलाई समर्थन गरेका कारण अब आफूलाई समर्थन गर्नुपर्ने सबैले आफ्नो नेतृत्व कौशल देखाउन पाउनु पर्ने स्वभाविक तर्क अगाडि सारेका छन् । यिनलाई निर्णय दिन नसक्ने, कमजोर अडान भएका र आशिर्वादले आदर्शवान् हुदैन भन्ने आरोप कतिपय व्यक्तिहरुको छ तर यी आफूलाई योग्य र सक्षम रहेको बताउँछन् भने रामलाल जोशीले आफ्ना अपूर्ण कामलाई पूर्णता दिन बाँकी रहेकाले मेरो नेतृत्व स्वीकार गरी सँगसँगै दुबैले मिलेर साहित्य समाजको गरिमा माथि उठाउन लाग्नु पर्ने तर्क सारेका छन् ।

यिनलाई पनि लामो समयसम्म समाजको नेतृत्व सम्हाली सकेको र राष्ट्रकै सम्मानित ठाउँमा पुगेको ब्यक्तिले साहित्य समाजको चुनावी माहोलमा सामेल हुनु हुदैन भन्ने दवाब पनि छ तर यिनी भन्छन् साहित्य समाजलाई सम्मानित बनाउन आफ्नो उम्मेदवारी भएको बताउँछन् । यस अवस्थामा यी आरोप र दवाबका बीच यी दुई स्रष्टाले मिलेर जान सके हामी सबैको जीत हुने थियो । साहित्य समाजको विवाह सफल होस । दुबै बेहुलाहरुले सुपको साहित्य उर्वर बनाउन लागुन् । सुहागरातको, दाम्पत्य जीवनको विशेष शुभकामना हुने छ केही समय पछि अहिलेलाई जितको दुबै बेहुलाहरुलाई शुभकामना !!

प्रतिक्रिया दिनुहोस