शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने चन्दको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने चन्दको माग


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


रोल्पा। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले तत्कालीन माओवादी र संसद्वादी दलले गरेको बृहत् शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने माग राखेका छन् ।

थवाङमा यही फागुन ५ देखि १० गतेसम्म सञ्चालित पार्टीको आठौँ महाधिवेशनले पारित गरेका निर्णय सार्वजनिक गर्न आयोजित घोषणासभामा चन्दले शान्ति सम्झौताले गरेको परिकल्पनानुसार देश अगाडि बढ्न नसकेको जनाउँदै शान्ति सम्झौतापछिका गतिविधि गम्भीर ढङ्गले समीक्षा गर्दै सम्झौताका साझेदारबीच नयाँ ढङ्गले सहमति गर्नुपर्ने बताए

महाधिवेशनले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा राखेको छ । पार्टीले ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आठौं महाधिवेशन सम्पन्न गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस