४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसलाई अविश्वास नगरौँ–सभापति देउवा

अ+ अ-

भद्रपुर । नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् ।

झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा बिहिवार आयोजित “पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३” को उद्घाटन गर्दै उनले मधेसी जनताको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पारे । उनले संविधान संशोधन गरेर मधेसी जनताले राखेको माग पूरा गर्ने विचार व्यक्त गरे ।

उनले संविधान संशोधनमा नेकपा (एमाले)को साथ र सहयोगको आवश्यकता औँल्याउँदै निकै कठिन परिस्थितिमा आएको संविधानलाई कार्यान्वयन गर्न निर्वाचन आवश्यक छ भने ।

आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वाचित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिए ।

उनले उद्योगी व्यापारीले गुणस्तर एवम् अर्गानिक उत्पादनमा विशेष ध्यान दिनुपर्ने भन्दै विकास र सेवा प्रवाहमा सङ्घीयताले निकै ठूलो योगदान दिने चर्चा गरे ।

उद्योगी व्यापारीले बैंकको चर्को व्याजको विषयमा आफू गम्भीर भएको र यसको लागि सहुलियत बैंकको व्याजका लागि आवश्यक सल्लाह गर्ने भन्दै सभापति देउवाले हिमालको उत्पादन तराईलाई र तराईको उत्पादन हिमाललाई भयो भने यसले तराई मधेस र हिमाललाई जोड्ने विचार व्यक्त गरे ।

सामान्य प्रशासनमन्त्री केशवकुमार वुढाथोकीले उद्योगी र व्यापारीले उठाएको चर्को बैंकको व्याजप्रति सरकार गम्भीर छ भन्दै उद्योगको दृष्टिकोणले १ नं. प्रदेश निकै समृद्ध हुने सम्भावना रहेको चर्चा गरे ।

कार्यक्रममा काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको सन्तुलित विकास गर्न हुलाकी राजमार्ग बन्नुपर्ने धारणा राखे ।

झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य केशव पाण्डे, उद्योगपति चण्डिराज ढकाल, किशोर प्रधान, दिनेश श्रेष्ठलगायतले महोत्सवको सफलताको बारेमा बोलेका थिए ।

महोत्सवमा ११० वटा व्यापारिक कक्ष रहेको र दैनिक एक करोडभन्दा बढीको कारोबार हुने बताइएको छ । महोत्सव फागुन २१ गतेसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस