संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक– नेता खनाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक– नेता खनाल


१२ फाल्गुन २०७३, बिहिबार


विराटनगर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहिवार अपराह्न पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले नेपाली जनताको माग र एमालेको दबाबमा स्थानीय निर्वाचन हुन गइरहेको दाबी गरे ।

संविधान संशोधन प्रस्ताव कुबेलाको बाजासरह रहेको प्रसङ्ग उल्लेख गर्दै उनले कुनैपनि हालतमा संविधान संशोधन हुन नदिने दृढता प्रकट गरे ।

प्रदेशको सीमाङकनलाई तलमाथि गर्ने अधिकार वर्तमान संसदलाई नरहेको उल्लेख गर्दै नेता खनालले नयाँ प्रतिनिधिसभाले मात्र संविधानको संशोधन गर्न सक्ने धारणा राखे ।

मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न मधेसी मोर्चालाई दृढतापूर्वक निर्वाचनमा सहभागी हुन आह्वान गर्दै उनले भने, “तराई–मधेसको जनताको हक खोजेको छ भने निर्वाचनमा सहभागी हुनुपर्दछ ।” रासस

 

प्रतिक्रिया दिनुहोस