Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुई छुट्टाछुटै ट्याक्टर दुर्घटनामा चारको मृत्यु


११ फाल्गुन २०७३, बुधबार


लहान । सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ ।

रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ ।

राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोहनतीको लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस