३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा अध्यक्षमा कमल थापा विजयी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।

एकता महाधिवेशनअन्तर्गत सोमवार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताए ।

कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद) का लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एक जना निर्वाचित हुनेछन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी सात, आदिवासी÷जनजाति नौ, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् । महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस