४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैलाई विश्वासमा लिएर चुनावको घोषणा हुनेः सल्लाहकार खनाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकारले सबै दललाई विश्वासमा लिएर सोमबारसम्म स्थानीय चुनावको मिति घोषणा गर्न लागेको बताएका छन् ।

रिपोर्टर्स क्लबले आइतवार आयोजना गरेको अन्तक्रियामा नेता खनालले प्रमुख प्रतिपक्ष दलले पनि संविधान संशोधनलाई प्रक्रियामा लैजान सहयोग गर्ने तथा मधेसी मोर्चाले पनि निर्वाचन घोषणा गर्न सहयोग गर्नेगरी गृहकार्य भइरहेको जानकारी गराए ।

अब कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने बताउँदै उनले भने, “चुनावका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, यसका लागि निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखसँग कुरा गरेर जेठको पहिलो हप्ता निर्वाचन गर्नेगरी सोमबार निर्णय हुने सम्भावना छ ।”

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले विधानलाई संस्थागत गर्नका लागि चुनावको विकल्प नरहेकाले सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको र त्यसलाई सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का सचिव भीम आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरे आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै संविधान संशोधनमा उल्लेख गरिएका सबै विषयवस्तु नै गलत भएकाले सो प्रस्तावले मधेसी जनताको कहिल्यै पनि हित नगर्ने बताए ।

मधेसी मोर्चाका नेता राजकिशोर यादवले आफ्नो दल चुनावको विरोधी नभएको प्रष्ट पार्दै मधेसको समस्या समाधानमा सरकार इमान्दार हुनुपर्ने बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले जबर्जस्ती चुनावको मिति घोषणा गर्दा मुलुकमा भिडन्त हुनसक्ने विचार व्यक्त गर्दै मधेसी मोर्चासँग सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने विचार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस