Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाको विधान संशोधन प्रस्ताव पारित


८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ ।

स्थानीय भृकुटीमण्डपमा सनिवार जारी कार्यक्रममा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको सो प्रस्ताव परिमार्जनसहित पारित गरिएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार परिमार्जन गरिएपछि अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । अब १६३ केन्द्रीय सदस्यीय समिति बनाइने भएको छ ।

यसअघि एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको प्रस्ताव गरिएको थियो । १६१ केन्द्रीय सदस्यीय समितिका लागि प्रस्ताव गरिएको थियो ।

पार्टीका युवा नेता देवेन्द्र प्रधानले विधानको टुङ्गो लागेपछि मतदाता नामावली प्रकाशनको कार्य अगाडि बढाइने बताउँदै तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि गरिएको महाधिवेशनमा नेताहरु नेतृत्वप्रति बढि केन्द्रीत देखिएकामा चिन्ता व्यक्त गरे । । आइतबार विहान ८ बजेसम्मका लागि बन्द सत्र स्थगित भएको छ ।

पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टीका शीर्ष नेताबीच यही फागुन ४ गते भएको सहमतिले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता उत्साहित भएको अवस्थामा सोही सहमतिलाई कार्यान्वयन गर्नका लागि विभिन्न नेताले सुझाएको बताए ।

हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा पार्टीले एकता महाधिवेशनलाई केन्द्रीत गरेको छ । पार्टीका नेता किरण गिरीले अध्यक्षात्मक प्रणालीमा विधान बनेकाले २४ पदाधिकारीमध्ये सतप्रतिशत अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कुल १६१ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले प्रतिस्पर्धा गर्ने निश्चित जस्तो भएको छ । त्यसैगरी केन्द्रीय सदस्यमा चर्चित कलाकार रेखा थापा, कोमल ओलीले पनि प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष पदमा सर्वसम्मति जुटाउनका लागि शीर्ष नेतृत्वबाट प्रयत्न भइरहेको जानकारी दिए ।

यसअघि शनिबार पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । देश तथा विदेशबाट आएका सहभागीको सम्मानमा सनिवार साँझ सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस