Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रेमको प्रतिक गुलाफ


३ फाल्गुन २०७३, मंगलबार


मेटिंदै नमेटिने मायाका डोबहरु
बतासिएर धेरै पर पुगेका सम्झना
समयको चक्रमा पिसिदा पिसिदै
धुमिलिएको सम्वन्ध
सम्वन्ध सँगै छुटेका खुसीहरु
एक्लो जीवनका बिरसिला पलहरु
मायामै चोरिएको मुटु
खोजी रहेछु बर्षौ देखि

खै कसरी भनौं
हिजो बिछोडमा भक्कानिएको मन
आँखाभरी छचल्किएको माया
हृदय भरिको हार्दिकता सँगै
तिमीले दिएको रातो गुलाफ
अझ भनौ फूलकै रंगमा
लुकाएर पठाएको विश्वास लाग्थ्यो
त्यो विश्वास सदा सदाको लागि हुनेछ
जुन विश्वासले फुलाउनेछ
जीवन रुपी बगैंचामा
थरि थरिका फूलहरु
ऋतु परिवर्तनमा कुनै फूलहरु
औईलिएर झरे पनि
बगैचामा नरित्तिने फूललाई हेरेर
हाँस्दै बाचिरहने छ हाम्रो माया ।

लाग्थ्यो चोखो माया
सधै विश्वास बनेर रहोस्
त्यही माया देखेर दंग परोस् दुनियाँ
धोका खाएका मनहरु
ईश्र्याले जलुन
सधै सबैको हुदयका अबिरल
बगिरहोस पे्रमको नदी
हजारौ ठक्कर खाएर पनि शान्त

समय न हो
बदलिए ऋतु सँगै मन
मन सँगै माया
माया सँगैको आत्मियता
त्यसैले त आज
वाढी पछि सुकेको वगर
बल्दा बल्दै निभेको बत्ती
डढेलो लागेको वन
फक्रिन नपाई झरेको फूल जस्तै
टिठ लाग्दो भएको छ जीवन

हिजो बाध्यता र विवशतामा
धुबीकरण भएका चाहनाहरु
गन्तव्य विहीन यात्रा
विना कारण
दुर्घटित भएका सपनाहरुलाई
भुलाउनै नसकिने सम्झनाले
ब्यूँताउन खोजेको छ ।
आउ विश्वासका साथ
सँगै भरौँला हुदयको क्यानभासमा
प्रेमिल रंगहरु
फुलाउँला चाहनाका फूलहरु
सजाउँला जिन्दगीका रहरहरु
माया र आत्मियताका प्रतिक
तिनै गुलाफहरुमा ।

Tags :
प्रतिक्रिया दिनुहोस