Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’


२ फाल्गुन २०७३, सोमबार


चितवन । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।

आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो ।

आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भने “आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ ।”

यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । “आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भने “आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ ।”

नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो ५०० ग्राम चाँदीसहित नगद सात लाख चोरी भएको थियो ।

त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब आठ लाख रुपैयाँ बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन् ।

सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस