राष्ट्रलाई बचाउन निर्वाचन आवश्यक भएको शेखर कोइरालाको भनाइ « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

राष्ट्रलाई बचाउन निर्वाचन आवश्यक भएको शेखर कोइरालाको भनाइ


१ फाल्गुन २०७३, आइतबार


दाङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आइतवार आयोजना गरेको भेटघाट कार्यक्रममा कोइरालले २०७४ माघभित्र तीनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने बताए ।

उनले नेकपा एमाले र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताए । कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने बताए ।

कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस