मलाई देखि टक्क तिमीले पाईला रोकी छ्यौ
हातमा प्यारी तिमीले त गुलाब बोकी छ्यौ
कल्पित मनको सागरमा मन्द मन्द छाल बनी
ओठ खोली ओठकै अगल बगल टोकी छ्यौ
हिया भरि पौडिएर आँखा भित्र दौडिएर
अधर झुकाई छताछुल्ल नजर पोखि छ्यौ
दिलकै साँचो दिलकै कसि दिलै अकबरी
हिमशैलको हिउँ भन्दा पनि चोखी छ्यौ
कुन ब्यान्जन खाने होला कता डुल्न जाने होला
भन मलाई खुस्स तिमी के कि भोकी छ्यौ
मनको माया मनकै काटा मनकै तराजुमा
बराबरी भाग लगाई पिरती जोखि छ्यौ
धुलि माटी खेल्दा देखिन तिम्रै नाम गाए
मेरो नाम तिमीले कहिले बाट घोकि छ्यौ
खेली राखे शैल आहा माया रैछ सरो बरी
मलाई दिलमा बसालेर ताल्चा ठोकी छ्यौ