ए चरी « प्रशासन
prasaLogo
२९ माघ २०७३, शनिबार

ए चरी


प्रकाशित मिति : 11 February, 2017 6:56 am

ए चरी फर्क तिमी
सुनसान छन् बस्तीहरु
घुमाउँदा छन् हरेक पलपल र मोडहरु
सरलङ्ग भएर डुवेका छन् सहरहरु
तिमी डुल्ने, घुम्ने र चर्ने फाँटहरु
बेहाल भएर बसेका छन् हो
आज उजाड भएका छन् सब नारा भएको छ
प्रकृति पनि

विहानको सन्ध्याकालिन समय
आहा तिम्रो कुहुँ कुहुँ स्वर
बिलिन हुन्थे आफैँमा
तर खै तिमीले त माया मार्यौ क्यार
बिर्सेउ क्यारे मिरमिरेमा मेरो निद्रा ब्युँझाउन
घायल भएकी छु तिम्रो स्वरको खातिर
अनुरोध छ फर्क चरी आफ्नै दुनियामा
आउ खुला छ बाटो पनि
त्रसित बनाइदेउ मलाई
तर, फर्क चरी फर्क तिमी आफैं

प्रतिक्रिया दिनुहोस