Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थालाजुङमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन


२७ माघ २०७३, बिहिबार


थालाजुङ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संसद्को म्याद थप्ने पक्षमा लाग्न नहुने बताएका छन् ।

गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन बुधवार उद्घाटन गर्दै उनले भने, “संसद्को म्याद बढ्दैन, निर्वाचन वाहेक अर्को कुनै विकल्प छैन, त्यसैले वैशाख अन्तिममा स्थानीय निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचन पछि एकैचोटी गरौँ ।”

गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन बुधवार उद्घाटन

मन्त्री थापाले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकै ठाउँमा आएर संविधान निर्माण गरिएको उल्लेख गर्दै संविधान कार्यान्वयनका लागि फेरि एकपटक तीनवटै प्रमुख दल एकै ठाउँमा उभिनुपर्ने बताए ।

काठमाडौँमा बसेर मधेसप्रति हलुका टिप्पणी हुँदै आएकोमा आपत्ति जनाउँदै उनले भने— मधेसी दलको होइन, मधेसी जनताको चित्त बुझाउन अब काँग्रेसले ढिला गर्नु हुदैन् ।

मन्त्री थापाले नेपालभित्रका दलहरुबीच एकता भए मात्रै संविधान कार्यान्वयन सम्भव हुने बताउँदै संविधान कार्यान्वयन नभए सबैले हार्ने धारणा व्यत्तः गरे ।

औषधि अभाव रहेका स्वास्थ्य संस्थामा २४ घन्टामा औषधि पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले पचास शय्या क्षमतामा विस्तार भए पनि विशेषज्ञ डाक्टरको अभावले गोरखा जिल्ला अस्पतालबाट बिरामीले स्तरीय उपचार सेवा नपाएको चिन्ता व्यक्त गरे । मन्त्री थापाले देशका सबै अस्पताल र स्वास्थ्य संस्थामा डाक्टरहरु पठाइने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री थापाले देशका सबै अस्पताल र स्वास्थ्य संस्थामा डाक्टरहरु पठाइने प्रतिवद्धता पनि व्यक्त गरे ।

“सरकारी खर्च वा निजी खर्चमा पढेका विद्यार्थीले एक वर्ष सरकारले खटाएको स्वास्थ्य संस्थामा बसेर काम गर्नुपर्ने नीतिगत व्यवस्था गर्दैछौँ”उनले भने, “अब स्वास्थ्य संस्थामा डाक्टरको अभाव हट्छ ।” स्वास्थ्य संस्था र अस्पतालमा आवश्यक पर्ने दरबन्दी, उपचार सामग्री र औषधिको अभाव हुन नदिइनेमा मन्त्री थापाले जोड दिए ।

कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भूकम्पपछि स्वास्थ्य संस्था पुनर्निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै पक्की भवन निर्माणको स्वीकृति दिनुपर्ने बताए ।

कार्यक्रममा एनआरएन यूकेकी उपाध्यक्ष कुमारी गुरुङ, काँग्रेसका चक्रबहादुर गुरुङ, एमालेका कर्णबहादुर गुरुङ, माओवादी केन्द्रका ओमबहादुर गुरुङ, नयाँ शक्तिका बाबुराम गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीलगायतले स्वास्थ्य सेवाका विविध पक्षमाथि प्रकाश पारे ।

सो स्वास्थ्य चौकी निर्माण गर्न थालाजुङ सामुदायिक विकास केन्द्रले १४ रोपनी जग्गा खरिद गरी चौकीलाई हस्तानान्तरण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस