Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण


प्रशासन संवाददाता

२६ माघ २०७३, बुधबार


चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र चितवनले बुधवार भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउँबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउँमा बसिरहेको बताए ।

नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उनले बस्ने ठाउँ सबै नेपालीले पाउनुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताए ।

उक्त स्थानमा भगवती फार्म प्रालिको नाममा रहेको ११ बिगाहा जग्गा विसं २०५८ मा तत्कालीन नेकपा माओवादीले कब्जा गरेको थियो । सो जग्गालाई गतवर्षको जेठमा माओवादी निकट व्यवसायी कृष्णप्रसाद अधिकारीसहितको समूहले भगवती फार्म प्रालिबाट कब्जापछि बसेका सुकुम्बासीलाई जग्गा दिने सहमतिमा खरिद गरेको थियो । सोही जग्गामा बसेका १५६ घरधुरीलाई प्रतिपरिवार ६ धुरका दरले जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

सोही अवसरमा स्थानीय विद्यालय र बाटिका निर्माणका लागि पाँच कठ्ठा जग्गासमेत हस्तान्तरण गरिएको छ । सुकुम्बासी र विद्यालय एवम् बाटिकालाई जग्गा प्रदान गरेपछि बाँकी रहेको सबै जग्गा बिक्री गरिसकिएको जग्गाधनी कृष्णप्रसाद अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस