१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको कार्यान्वयन गर्न सकेमात्र सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि

अ+ अ-

काठमाडौँ । संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।

काँग्रेस केन्द्रीय कार्यालयद्वारा बुधवार सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्र्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताए ।

देउवाले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गरे ।

जीवनभर सङ्घर्ष गर्नुभएका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गरे ।

निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने जिकिर गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताए ।

आगामी निर्वाचनको कार्यसूची तय गरी काँग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उनले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टुङ्ग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धारित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताए ।

कार्यक्रममा पार्टी कोषाध्यक्ष एवम् शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गरिन् । कोइरालाको २०७२ माघ २५ गतेराति निधन भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस