१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कहाँ गए भँगेरा र चिबे

अ+ अ-

चौतारा । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ ।

वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनीहरुले अन्नलाई नोक्सान पुर्याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन् ।

चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन्

“रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउछन्– “अब त चिबेचरा देख्न नपाएको पनि लामो समय बितिसक्यो ।”

“गाउँघरमा कुखुराको चल्ला लाने चिललाई सानै भए पनि चिबेले लखेटेर हायलकायल पार्ने गरेको दृश्य अब त स्मृतिमा मात्र सीमित रहेको अर्का स्थानीयवासी जगतबहादुर श्रेष्ठ बताउछन् ।”

“केही वर्ष अघिसम्म आँगनमा धान, कोदोको बिस्कुन सुकाउँदा भँगेराबाट जोगाउन गोठालो नै लाग्नुपथ्र्यो”– स्थानीयवासी वृद्धा टीकालक्ष्मी भन्छन्– “अब त भँगेरा र चिबेचरा देखिनै छाड्यो । यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला ।”

भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ । खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

स्थानीयवासी वृद्धा टीकालक्ष्मी भन्छन्– “अब त भँगेरा र चिबेचरा देखिनै छाड्यो । यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला ।

पुराना घरमा सारौँ र भँगेराले गुँड बनाउने कठप्वाल हुन्थ्यो । अब त सहर बजारमा मात्र नभई गाउँघरमा पनि पुराना घर प्रायः समाप्त भइसकेका छन् । सोही कारण भँगेरा र सारौँ मात्र नभई परेवा र मलेवा समेत गाउँघरबाट क्रमशः विस्थापित हुन थालेका छन् । “पहाडमा पनि परम्परा घरको बदला सिमेन्टेड आधुनिक घर निर्माण हुन थाले” डा. बराल भन्छन्–“किसानले धानकोदो लगाउनै छाडेपछि बिस्कुन सुकाएको देखिनै छाडेको छ ।

बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका हुन् ।

युवा कोही ठूला सहर र कोही विदेश पलायन हुन थालेपछि कामदारको अभावमा कतिपय जमिनमा धान कोदोको बदला फलफूल तथा तरकारीखेती हुन थालेका छन् । त्यस्ता बालीमा अत्यधिक विषादी प्रयोग हुन थालेपछि किराफट्याङ्ग्रा निर्मूल भई चराको आहाराको पनि अभाव भएको हो । “चिबे र भँगेरा लोप भएकै त भन्न मिल्दैन”, डा. बराल भन्छन्–“यसबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने हो, तर हुन बाँकी नै छ ।”

नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का चराविद् ज्योतेन्द्र ठकुरी पनि आहारा र वासस्थानकै अभावमा भँगेरा र चिबेचरा लोप हुन थालेको धारणा राख्छन् । अन्य चरा अहिलेसम्म मौजुद भएका ठाउँमा यी दुई जातका चरा लोप हुनाको कारण पत्ता नलागेको बताउँदै ठकुरीले भने–“यसबारेमा काठमाडौँमा अध्ययन सुरु भइसकेको र नतिजा आउन बाँकी छ भने अन्य जिल्लामा अनुसन्धान सुरु भएको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस