महिनौँ पछि महोत्तरीमा औषधि आयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिनौँ पछि महोत्तरीमा औषधि आयो


२४ माघ २०७३, सोमबार


महोत्तरी । महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि १८ लाखभन्दा बढीको औषधि आएको छ ।

डा. पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको र चाँडै आउने बताए । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियोे ।

साथै प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने डा. पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस