संविधान संशोधन भए मात्र देशले निकास पाउँछः अध्यक्ष गच्छदार « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

संविधान संशोधन भए मात्र देशले निकास पाउँछः अध्यक्ष गच्छदार


प्रशासन संवाददाता

२२ माघ २०७३, शनिबार


सप्तरी । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताएका छन् ।

फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा शनिवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्ने बताए ।

अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन् भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताए ।

अध्यक्ष गच्छदारले संविधान संशोधन नभए संविधान कार्यान्वन पनि नहुने बताउँदै तीन ठूला दलबीच देखिएको समन्वय अभाव र भेदभावले देश क्रमिक रुपमा द्वन्द्वमा फस्दै गएको तथा यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको बताए । रासस

प्रतिक्रिया दिनुहोस