१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छःराष्ट्रपति भण्डारी

/fi6«klt ljBfb]jL e08f/L ko{6sLo:yn ndh'ªsf] 3n]ufpFdf lgdf{0f ul/Psf] ko{6sLo ;ªu|xfnosf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M;Gb]z kf}8]n, /f;;, ndh'ª
अ+ अ-

बेँसीसहर । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताएकी छन् । शनिवार लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भनिन्– “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”

उनले दिगो कृषि प्रणालीमा ध्यान पुर्याई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उनले बताइन् । सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूलबाटोमा अघि बढाउनु आवश्यक रहेको उनले बताइन् ।

सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरु निर्माण गरिएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएको छ ।

घलेगाउँमा वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बेँसीसहर–१३, चण्डिस्थानमा रहेको गङ्गा मिलन माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन गरेकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस