Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तेरियालाई शान्ति दूत बनाउन पहल गर्छु– रक्षामन्त्री खाँण


२२ माघ २०७३, शनिबार


काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया मगरलाई शान्ति दूत बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल चलाउने बताएका छन् ।

तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सनिवार उनलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषद्बाट सजिलै पारित हुने बताए ।

मन्त्री खाँणले मगरले प्राप्त गरेको सफलताले अहिले उनी सबै नेपालीको मनमा बसेको सदाचार व्यक्त गर्दै मगरलाई राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद् आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी मगरले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा उहाँको सफलताको कामना गरे ।

सम्मानित मगरले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने बचनबद्धता व्यक्त गरे ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मगरभित्रको प्रतिभालाई अझै प्रस्फुटित गराउन सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगरले सरकारले टेरियाको कार्यलाई मूल्याङ्कन गरी सम्मान गर्नुपर्नेमा जोड दिए ।

फाउण्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस