मगर समुदायको योगदान प्रशंसनीय – देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मगर समुदायको योगदान प्रशंसनीय – देउवा


२२ माघ २०७३, शनिबार


ललितपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घद्वारा सनिवार नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनामा मगर समुदायको भूमिका प्रशंसनीय रहेको बताएका थिए । यस समुदायबाट काँग्रेस पार्टीमा प्रतिनिधित्व बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

काँग्रेस प्रजातान्त्रिक अभ्यास र संस्कृतिलाई विश्वास गर्ने पार्टी रहेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामासम्पूर्ण नेपालीको अधिकारलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे ।

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशभित्र राजनीतिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताए ।

उनले सामाजिक संरचना भत्किन थालेको र आर्थिक रुपले देश तल झर्दै गएको पनि बताए । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय ९५ जना प्रतिनिधिले भाग लिएको सङ्घका अध्यक्ष गणेश थापामगरले बताए ।

प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा गगन थापा, धनराज गुरुङ, जीवन परियार, छन्द पहराई, गोवद्र्धन राना र गुरुराज घिमिरे रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस