Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान कार्यान्वयन प्राथमिकतामाः मन्त्री नायक


२२ माघ २०७३, शनिबार


विराटनगर । कानुनमन्त्री अजयशंकर नायकले स्थानीय निकायको चुनाव शीघ्र गराउने वाध्यकारी अवस्था सिर्जना गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा विराटनगरमा आयोजित “जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी अभियान” नामक अन्तरक्रियामा उनले भने— संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।

मन्त्री नायकले संविधान कार्यान्वयनका लागि भएपनि स्थानीय निकायको चुनावलाई शिघ्रता दिनुपर्नेमा जोड दिदैं सबैको बुझाईमा एकरुपता आउन नसक्दा जातीय विभेद तथा पहिचान मेटाउने काम रोक्न जटिलता सिर्जना भएको बताए ।

“सङ्घीयताले सबै पक्षलाई अधिकार सम्पन्न बनाउ“छ, देश एउटा युगबाट अर्कोमा प्रवेश गर्दैछ, त्यसैले सबैको बुझाइमा एकरुपता हुनुपर्छ” उनले भने ।

मन्त्री नायकले राज्य पु“जीगत खर्च गर्न असमर्थ रहेको भन्दै पुँजीगत खर्चको सही सदुपयोग गर्न सके अधिकांश समस्या सहजै समाधान हुने बताए ।

मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले संविधान कार्यान्वयनका लागि विभिन्न विषयमा कानुन बनाउने कार्य प्राथमिकतामा रहेको भन्दै “गरिबका लागि सरकार” कार्यक्रममार्फत लक्षित वर्ग केन्द्रित कार्यक्रमहरु भइरहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले समाजमा व्याप्त छुवाछुत तथा भेदभावविरुद्ध स्थानीय प्रशासन इमान्दारीपूर्वक कार्य गर्ने बताए ।

अन्तरक्रियाका सहभागीले सुरक्षा निकायमा दलितहरुको सहभागितामा विभेद भएको, दलित कानुन प्रभावकारी नभएको तथा शिक्षा र चेतना उकास्ने प्रभावकारी संयन्त्र बन्न नसकेको लगायतका गुनासो गरे ।

जातीय छुवाछुत तथा भेदभावविरुद्धका कानुनलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्नेमा उनीहरुले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस