आउ साथी नेपाल खाउँ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आउ साथी नेपाल खाउँ


२२ माघ २०७३, शनिबार


म शिरदेखि खान्छु
तिमी पाउदेखि सुरु गर
टुक्रा टुक्रा पारौं खण्ड खण्ड गरौं
अघाउन्जेल तिमी खाउ, डकार्ने गरी म खान्छु,
बाँकी छिमेकीलाई बाडौं,
आउ साथी नेपाल खाउँ ।

हिमालको सेकुवा बनाएर खाउँ
पहाडको भुटन बनाउँ,
तराईको कवाफ बनाउँ,
आउ साथी नेपाल खाउँ ।

अलीकती मःमः बनाएर खाउँ,
अलीकती सुकुटी बनाउँ,
छिमेकी लाई बिक्री गर्दै गोजी भरौं,
आउ साथी नेपाल खाउँ ।

नेपाल रित्याउँ,नेपाल सिध्याउँ,
जे जसरी भएपनी नेपाल खाउँ ।
साँच्चै साथी आउ
तिमी र म मिलेर नेपाल खाउँ ।

प्रतिक्रिया दिनुहोस