Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमाले र मधेसी मोर्चालाई सँगै लिएर जानुपर्छः डा. कोइराला


२० माघ २०७३, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठकमा संविधान संशोधन र स्थानीय निकायको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बुधवार बसेको बैठकमा संविधानप्रति सुरुदेखि असन्तुष्टि जनाइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनावमा जान नसक्ने भनिरहेका सन्दर्भमा काँग्रेस कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको महामन्त्री डा. शशाङ्क कोइरालाले जानकारी दिए ।

“काँग्रेस र माओवादीले संविधान संशोधनसँगै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन पनि गराउने भनेका छन्, तर अब एमाले र मधेसी मोर्चालाई सँगै लिएर जानुपर्छ”,उनले भने । स्ववियु निर्वाचनमा उम्मेदवारको उमेरको हदबन्दीबारे काँग्रेसको बिहीबारको बैठकमा निर्णय हुनेगरी छलफल हुनेछ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, नेता प्रकाशमान सिंह र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि लगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस