१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडियो केएमसीको परिक्षण प्रसारण सुरु

अ+ अ-

कैलाली  । कैलाली बहुमुखी क्याम्पस धनगढीले सञ्चालनमा ल्याएको रेडियो केएमसी १०४.६ मेगाहर्ज बुधबार देखि परिक्षण प्रसारण सुरु भएको छ । क्याम्पसको स्थापना दिवस र सरस्वती पुजाको अवसर पारेर रेडियोको परिक्षण प्रसारणमा ल्याईएको हो ।

क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता पढ्ने विद्यार्थीहरुको प्रयोगात्मक परिक्षालाई मध्येनजर गर्दै क्याम्पसले रेडियो स्थापनामा गरेको हो ।

क्याम्पस संञ्चालन समितीका अध्यक्ष धन बहादूर शाहले शैक्षिक सामाग्रीहरु प्रसारण गर्ने माध्यम यस क्षेत्रमा नभएका कारण प्रसारणमा ल्याईएको जानकारी दिए । साथै उनले आगामी दिनमा पत्रकारिता पढ्ने विद्यार्थीहरुले पढाई संगै प्रयोगात्मक परिक्षाका लागी उपयोग हुने जानकारी दिए ।

क्याम्पस प्रमुख सुरेन्द्र चन्दले सुदूरपश्चिममा पत्रकारिता पढाउने क्याम्पसहरुमा प्रयोगात्मक परिक्षाका लागी रेडियो नभएकाले रेडियो केएमसी संचालनमा ल्याएको जानकारी दिए । आगामी दिनमा विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन गर्नका लागी रेडियोले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिए । क्याम्पस प्रमुख चन्दले रेडियो सञ्चालनका लागी कैलाली क्षेत्र नम्बर ६ का संसद् पुस्करनाथ ओझाले संसद विकास कोषबाट १० लाख रुपियाँ छुट्याएकाले रेडियो सञ्चालनमा सहयोग भएको जानकारी दिए ।

क्याम्पसका भुगोल बिषयका सहप्राध्यापक लोक बहादूर बिष्टले एफएम संचालनले पत्रकारिता पढ्ने विद्यार्थीको चाहानालाई पुर्ति गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए । शैक्षिक एफएम भएपनि हरेक क्षेत्रका मुद्धाहरु उठान गर्ने जानकारी दिए ।

आमसञ्चार तथा पत्रकारिता विषयका उपप्राध्यापक भुवन भण्डारीले रेडियो केएमसीले शिक्षा, स्वास्थ, आर्थिक सवाल, कृषि, पर्यटनका विविध मुद्धाहरुको उठान गरेर श्रोता सामु प्रस्तत गर्ने प्रयास रहने जानकारी दिए । “यो समय सुचना तथा सञ्चारको हो” उपप्राध्यापक भण्डारीले भने “प्रबिधी भएपछि हरेक काम गर्न सहज हुन्छ ।”

बहुमुखी सञ्चार समुहका अध्यक्ष निराजन परियारले रेडियो प्रसारण संगै पत्रकारिता पढ्ने विद्यार्थीहरुले प्रयोगात्मक परिक्षाका लागी अन्य कहि कतै जान नपर्ने बताए ।

विए दोश्रो बर्षमा आमसञ्चार तथा पत्रकारिता बिषय अध्ययनरत विद्यार्थी सन्तोष रोकायाले कक्षामा सिकेका सिदान्तहरुलाई प्रयोगात्मक ढगंबाट प्रस्तुत हुने मौका पाँउदा सहज महशुस गरेको बताए ।

बिहान ७ देखि ९ बजे सम्म र दिउसो ३ बजे देखि साँझ ६ बजे सम्म प्रशारण बताईएको छ । रेडियो संचालन संगै आमसञ्चार तथा पत्रकारिता पढ्ने विद्यार्थीहरु हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस