फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा मनाइने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा मनाइने


१९ माघ २०७३, बुधबार


धनगढी । फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा मनाउनका लागि कैलालीका विभिन्न कार्यक्रम गरिने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा मंगलवार बसेको सरोकारवाला निकायको बैठकले आयोडिन नूनको प्रयोगबारे जनचेतना जगाउनका लागि विभिन्न कार्यक्रम गरेर फेब्रुअरी महिना मनाउने निर्णय गरेको छ ।

बैठकले बुधवार पहिलो दिन धनगढीमा आयोडिन सम्बन्धी सचेतनामूलक ¥याली निकाल्नुका साथै गर्भवति महिलाहरुलाई आयोडिनयुक्त नून वितरण गर्ने जनाएको छ । पञ्चोदय माध्यमिक विद्यालयबाट निस्कने ¥याली नगर परिक्रमा गर्दै पञ्चोदयमा पुगेर समापन हुने जनाइएको छ ।

कैलालीमा आयोडिनयुक्त नूनको प्रयोग बढ्दै गए पनि केहि ठाउँमा अझै ढिके नून खाइने गरेको जनाइएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले कैलालीमा आयोडिनयुक्त नूनको प्रयोग दर ५७ प्रतिशत भन्दा बढी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस