सेयर बजार ६५ अङ्कले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेयर बजार ६५ अङ्कले घट्यो


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ ।

निरन्तर ओरालो लागेको नेप्से सोमवार ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । सोमवार एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो ।

सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ । रासस

प्रतिक्रिया दिनुहोस