हवाई आक्रमणमा तीन तालिवान लडाकुको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हवाई आक्रमणमा तीन तालिवान लडाकुको मृत्यु


१७ माघ २०७३, सोमबार


कुन्दुज(एजेन्सी) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा आइतवार रातभरी अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा तीन तालिवान आतङ्ककारी मारिएका सैनिक स्रोतले जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको प्रान्तीय राजधानी, कुन्दुज सहरको बाहिरी इलाकामा पर्ने हाजी नवाब इलाकामा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित आक्रमणमा कम्तीमा तीन आतङ्ककारी मारिनुको साथै अन्य चार जना घाइते भएका सैनिकका प्रेस अधिकृत नस्ट्राउल्लाह जम्शीदले जानकारी दिएका छन् ।

बाघलान र तखर प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा गत दुई महिनायता सरकारी सुरक्षाबल तालिवान आतङककारीबीच ठूलो झडप भइरहेको छ । हवाई आक्रमणको विषयमा भने तालिावन आतङ्ककारी समूहले कुनै टिप्पणाी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस