कुलेश्वरमा आगलागी « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

कुलेश्वरमा आगलागी


१७ माघ २०७३, सोमबार


काठमाडौँ । कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आइतवार साँझ आगलागी भएको छ ।

कालिमाटी प्रहरीका अनुसार बेलुका ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

छवटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए ।

आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस