२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय अन्डा अवैध रुपमा भित्रिदै

अ+ अ-

वीरगञ्ज । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ ।

बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पुर्याउने गरेका छन् ।

बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी प्रशासन मौन रहेको छ ।

भारतबाट आयात भई नेपाल भित्रिने पक्षी तथा पक्षीजन्य पदार्थ अवैध रुपमा पैठारी नगर्न नेपाल सरकारबाट नेपाल राजपत्रको खण्ड ५६ भाग तीन अतिरिक्त ३७÷८ असोज २०६३ मा सूचना प्रकाशित गरी पक्षी तथा पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री, मासु उत्पादन, कुखुरा, मल, दाना औषधि आयातमा रोक लगाएको व्यवस्था गरिएको पशु क्वारेन्टाइन चेकपोस्ट वीरगन्ज विर्ताले जनाएको छ ।

निरीक्षण गर्ने पशु सेवा कार्यालय तथा पक्राउ गर्ने काम प्रहरीको हो । हाम्रो काम भने नष्ट गर्ने मात्र भएको भन्दै पशु क्वारेन्टाइन चेकपोस्ट वीरगञ्ज विर्ताका प्रमुख डा. हरेराम यादवले भने ।

बारा जिल्लामा कुखुराको अन्डा उत्पादन गर्ने फर्म सात वटा रहेको छ । वार्षिक एक करोड २९ लाख, ७४ हजार वटा अन्डा उत्पादन हुने बारा जिल्लामा वार्षिक १५ करोड ५६ लाख ८८ हजार मूल्य बराबरको अन्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाराले जनाएको छ ।

तर भारतीय अन्डा सस्तो भएकाले खुला सीमाको कारण भारतबाट व्यापक मात्रामा सेतो अन्डा आउने गरेको जिज्ञासा राख्दा पशु सेवा कार्यालय वाराका वरिष्ठ पशुविकास अधिकृत डा देवानन्दन साहले अनभिज्ञता प्रकट गर्दै आफूलाई थाहा नभएको बताए ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको आँखा छलि भारतबाट व्यापक मात्रामा सेतो अन्डा भित्रिने गरेकोबारे जिज्ञासा राख्दा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेले हामी सीमा क्षेत्रमा कडाइ गरेका छौँ तर पनि कसरी सेतो अन्डा भित्रिन्छ यसबारेमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कतिपय व्यापारीले सेतो अन्डा ल्याई रातो रङमा रङ्गाएर नेपालको रातो अन्डा हो भनी बेच्ने गरेको समेत खुलासा हुन आएको छ ।

भारतमा बेलाबेलामा बर्डफ्लुका रोगी भेटिने गरेकाले नेपाल सरकारले भारतीय कुखुरा, अन्डा र कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि भारतीय अन्डा नेपालमा भित्रिनु भनेको नेपाली जनता बर्डफ्लुको जोखिममा पर्नु हो बाराबासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस