धनगढी । सहिद दिवसको अवसरमा नेपाल भारतको सीमानामा पर्ने कञ्चनपुरको डोकेबजारमा सडकमा गजल वाचन गरेका छन् । युवा साहित्यकारको जमातले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका सहभागीहरुले नेपालका वीर सहिदप्रति श्रद्धासुमन व्यक्ति गर्दै आफ्ना प्रस्तुति प्रस्तुत थिए । सर्जकहरुले गजल मार्फत वीर सपूतहरुले देखाएको बाटोमा हिड्न नसकेको भन्दै नेपालका राजनितिक दलहरुमाथि व्यङ्ग्य प्रहार गरेका थिए । राजनितिक दलहरुलाई एक आपसमा एकताको वातावरण सिर्जना गरि देशलाई आर्थिक विकास तर्फ डो¥याउन आफ्ना सिर्जना मार्फत सर्जकले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा करिव ३ दर्जन सर्जकले गजल वाचन गरेका थिए । धनगढी–कञ्चनपुरका मुख्य सडकमा आयोजना हुँदै आएको सडक गजल वाचन कार्यक्रमको यो दोश्रो संस्करण हो । नेपाल भारतको सीमानामा नेपालीले भोग्नु परेका ज्यादती, दुःख लगायतका कुरालाई समेटेर पनि सीमानामै यो पटकको सडकमा गजल संस्करण आयोजना गरिएको गजलकार चन्द्र थापाले बताए ।