Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ट्रम्प र पुटिनबीच लामो वार्ता


१६ माघ २०७३, आइतबार


वाशिङ्गटन(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरु उपर घण्टौँ लामो टेलिफोन वार्ता भएको छ ।

दुबै देशका राष्ट्र प्रमुखबीच भएको वार्ताका धेरै विषयबस्तुमध्ये प्रमुख दुइवटा एजेण्डा–पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलेदेखि नै रुसमाथि लगाएका विभिन्न खाले प्रतिबन्धका भबिष्यबारे प्रश्न र आतङ्ककारी इस्लामिक स्टेट समूहलाई परास्त गर्न दुबै देशबीच सैनिक सहयोग प्रवद्र्धन गर्ने मार्ग पहिल्याउनुलगायत अन्य बिषय पनि परेका छन् ।

ह्वाइट हाउसले दुई समकक्षीबीच गहिरो वार्ता भएको औपचारिक पुष्टि गरेता पनि कुन कुन विषयमा वार्ता भए भन्ने विस्तृत खुलासा गरेको छैन ।

मर्मत, सुधारको आवश्यकता परेको अमेरिका–रुसबीचको सम्बन्धमा यस वार्ताले महत्वपूर्ण सुरुवात गर्नु भन्दै ह्वाइट हाउसले यस बारे एक विज्ञप्ति प्रकाशन गरी छोटो जानकारीसम्म दिएको छ ।

दुई उच्चस्तरीय नेताबीच चलेको सो वार्तामा दुबै देशको संयुक्त दुस्मनको रुपमा खडा रहेको आइएस सशस्त्र आतङ्ककारी समूहलाई निष्प्रभावी र परास्त गरी सिरियासहित सम्पूर्ण विश्वमा स्थायी शान्तिको उपलव्धिका लागि द्विपक्षीय सैनिक सहयोगलगायत अन्य श्रृङ्खलावद्ध बिषय उपर छलफल भएको जनाइएको छ ।

वार्ताका क्रममा दुबै राष्ट्रपतिले यस मामिलामा आतङ्कबाद विरुद्धको युद्धमा गठबन्धनका साझेदार (कोएलिसन पार्टनर)का रुपमा सहकार्य गर्ने समझदारी गरेको बताइन्छ ।

यता, रुसी राष्ट्रपतिको कार्यालय–क्रेमलिनले भने ह्वाइट हाउसबाट प्रकाशित विज्ञप्तिको विपरित रुस र अमेरिकाबीच मन्द मन्द गतिमा चलिरहेको व्यापार, बाणिज्य र आर्थिक गतिविधिमा सुधार र प्रबद्र्धन एवम् दुबै देशका ब्यापारिक वृत्तमा सशक्तिकरण सम्बन्धमा वार्ता भएको जनाएको छ ।

यस अतिरिक्त, आतङ्कबाद विरुद्धको युद्धमा दुबै देशको सहकार्य, अरब–इजरायलबीचको मनमुटाव र आपसी द्वन्द्व, इरानको आणविक हात हतियार उत्पादन तथा भण्डारण योजना, कोरियाली प्रायद्वीपको आपसी झै–झगडा, युक्रेनको सङ्कटजस्ता अन्तरराष्ट्रिय मामिलाका जल्दाबल्दा बिषयमा दुई उच्चस्तरीय नेताहरुबीच छलफल भएको भनी क्रेमलिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस