Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना रहेको सञ्चारमन्त्रीको भनाइ


१६ माघ २०७३, आइतबार


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आइतवार आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताए ।

“बङ्गलादेशलगायत केही मुलुक धेरै पछाडि थिए तर अहिले ती मुलुक आइसिटीमा धेरै अगाडि आइसकेका छन, हामी अगाडि बढ्न सकिरहेका छैँनौँ, यसबारेमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायलाई निर्देशनसमेत दिइएको छ” –मन्त्री कार्कीले भने ।

‘हात–हातमा मोबाइल घर घरमा इन्टरनेट’को नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट सेवा के का लागि उपयोग गर्ने भन्ने महत्वपूर्ण भएको मन्त्री कार्कीको भनाइ थियो ।

कार्कीले भने “सूचना प्रविधिको विकास भएसँगै अहिले हुलाक सेवाको काम देखिएको छैन, अब मन्त्रालयले हुलाक सेवालाई सूचना केन्द्रका रूपमा र सूचना विभागलाई सूचना भण्डारणका रूपमा काम गर्ने गरी जिम्मेवारी दिँदैछ ।” सरकारले ग्रामीण क्षेत्रका बालबालिकाको कम्प्युटरमा पहुँच पु¥याउने प्रयास गरिरहेको मन्त्री कार्कीले जानकारी दिए ।

सञ्चार सचिव महेन्द्रमान गुरुङले आइसिटीको प्रयोग बिना मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुन नसक्ने बताए ।

महासङ्घका अध्यक्ष विनोद ढकालले महासङ्घले सूचना, सञ्चार तथा प्रविधिबारे सरकारसँग हातेमालो गरेर अगाडि बढ्न खोजिरहेको बताए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आइसिटीबारे कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुनेछ । सम्मेलनमा दक्षिण कोरिया, भारत, जर्मनीलगायत विभिन्न देशका आइसिटी विज्ञको सहभागिता रहेको छ । रासस
हाइलाइट

‘हात–हातमा मोबाइल घर घरमा इन्टरनेट’को नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट सेवा के का लागि उपयोग गर्ने भन्ने महत्वपूर्ण भएको मन्त्री कार्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस