प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी « प्रशासन
prasaLogo
१६ माघ २०७३, आईतवार

प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी


प्रकाशित मिति : 29 January, 2017 12:04 pm

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेकपा (मसाल) का अध्यक्ष मोहनबिक्रम सिंहलाई आइतबारअस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताए ।

चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् । एक्कासी वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस