Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनको तयारीमा जुट्न प्रमको निर्देशन


१४ माघ २०७३, शुक्रबार


फलेवास (पर्वत) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित पर्वत महोत्सवको उद्घाटनका लागि आएका प्रधानमन्त्री दाहालले फर्किने बेला पर्वतका कार्यालय प्रमुखलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले वैशाख अन्तिम साता स्थानीय तह, कात्तिकमा प्रदेश र माघ पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताउँदै त्यसको तयारी गर्न निर्देशन दिए ।

उनले वैशाख अन्तिम साता स्थानीय तह, कात्तिकमा प्रदेश र माघ पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताउँदै त्यसको तयारी गर्न निर्देशन दिए ।

उनले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने जानकारी दिए । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस् र त्यसको तयारीमा लाग्नुहोस् प्रधानमन्त्रीले भनेका थिए । बाहिरी हल्ला सुनेर निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न पनि निर्देशन दिए प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

उनले पर्वतका कार्यालय प्रमुखलाई जनताको काममा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गरे । सरकारी कर्मचारीको सेवाबाट मात्रै आम नागरिकले राज्य र लोकतन्त्रको अनुभूति गर्ने भएकाले सेवा प्रवाहलाई सुस्त, चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । उनले भ्रष्टाचार न्यूनीकरणमा सघाउ पुर्याउन र बढ्दो बेरुजु फछ्र्यौटमा ध्यान दिन पनि आग्रह गरे ।

उनले मुलुक संविधानको कार्यान्वयनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउँदै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका योजना र अन्य भौतिक पूर्वाधार विकासका काममा कुनै अवरोध आउन नदिन पनि सम्बन्धित कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिए । काम हुन सकेन, बजेट खर्च हुन सकेन भने सरकारले अपेक्षित सफलता हासिल गर्न सक्दैन त्यसैले कार्यालयप्रमुख गम्भीर भएर लाग्न जरुरी छ उनले भने उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी मरासिनीले जिल्लाको समग्र वस्तुस्थिति जानकारी दिँदै प्रधानमन्त्रीको निर्देशन पालना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) पर्वतका कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिए ।

केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियानका रुपमा लाग्न निर्देशन दिए माओवादी केन्द्र पर्वतका सेक्रेटरी ढाकाराम गौतमले जानकारी दिए । उनले गाउँगाउँमा जनपरिचालन अभियान सञ्चालन गर्न पनि पार्टी, नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले संविधानको कार्यान्वयनका लागि अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले जिल्लास्तरमा त्यसको वातावरण सिर्जना गर्नका लागि पहल गर्न पनि आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस