Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मिर्गौला रोगी राईलाई सहयोग जुट्दै


१४ माघ २०७३, शुक्रबार


दमक । दुवै मिर्गौलाले काम गर्न छाडेपछि पाँचथर रानीटार–३ का फुलकुमार राईको मिर्गौला प्रत्यारोपण गर्न विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको छ ।

मिर्गौला रोगी राईको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानमा हालसम्म करिब दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अस्ट्रेलियामा बसोबास गर्ने अनिता राई, प्रकाश राई र जेवी राईको सक्रियतामा सङ्कलित ९५ हजार नौ सय ९० उपलब्ध गराइएको हो ।

यस्तै, कतारबाट प्रकाश गुरुङको सक्रियतामा २३ हजार सातसय ५४ उपलब्ध भएको छ । गत चैतदेखि स्वास्थ्यमा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका राईको दुवै मिर्गौला ड्यामेज भएको चिकित्सकले जनाएका थिए । निरन्तर डायलाइसिस गराइरहेका राईको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौैला प्रत्यारोपण गर्न कठिनाइ भएको थियो ।

यसअघि विभिन्न मुलुक र स्थानीय क्षेत्रमा रहेका दाताले एक लाखभन्दा बढी जुटाइसकेका छन् । यसैबीच, मिर्गौलापीडित राईका आफन्त र शुभेच्छुकको सक्रियतामा ‘फुलकुमार बचाउँ अभियान’ नामक संस्था गठन गरिएको छ ।

अभियान संयोजक अशिम राईको पहलमा सहयोग सङ्कलन तीव्र पारिएको छ । मिर्गौला रोगी राईको मिर्गौला प्रत्यारोपण गर्न १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको संयोजक राईले बताए । रासस

प्रतिक्रिया दिनुहोस