Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


काठमाडौँ। धितोपत्र बजारमा यस साता एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो ।

गतसाता १४८ कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ४६२ दशमलव ५६ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३१७ दशमलव ३२ अङकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको २० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेका छन् । फन्डको ३२ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस