तेरियालाई ‘झलक दिखला जा’ को उपाधि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तेरियालाई ‘झलक दिखला जा’ को उपाधि


प्रशासन संवाददाता

७ माघ २०७३, शुक्रबार


काठमाडौ । नेपाली चेली तेरिया मगरले ‘झलक दिखला जा’ को उपाधि जितेकी छन् । अनलाइन ‘बलिउड लाइफ’ ले जनाएअनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्।फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् । तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार कलर्स टिभिमार्फत गरिनेछ ।

डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस