राष्ट्रिय हितका लागि संविधान संशोधन आवश्यक « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

राष्ट्रिय हितका लागि संविधान संशोधन आवश्यक


७ माघ २०७३, शुक्रबार


राजविराज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय हितका लागि संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका छन् ।

सप्तरीको नर्घो गाविसस्थित झौरा चोकमा नेपाली काँग्रेस सप्तरी क्षेत्र नं ४ ले विहिवार आयोजना गरेको जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेता निधिले अहिलेको सीमाङ्कन, नागरिकता र सङ्घीयताबारेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितका पक्षमा रहेको बताउँदै संविधान संशोधन हिमाल र पहाडका जनताका साथै आदिवासी, जनजाति, पिछडिएका सबैलाई चाहिएकाले प्रस्ताव दुई तिहाइले पारित हुने जिकिर गरे । रासस

प्रतिक्रिया दिनुहोस