मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको मृत्यु « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको मृत्यु


६ माघ २०७३, बिहिबार


राजविराज । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १७९१ नं.को मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत कञ्चनरुप–११ मा रोकिराखेको नम्बर खुल्न नसकेको ट्रयाक्टरमा मंगलबार राति ठोक्किएर दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस