आगलागीबाट पाँच लाखको क्षति « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

आगलागीबाट पाँच लाखको क्षति


५ माघ २०७३, बुधबार


राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस