मोर्चासँगको सहमतिपछि निर्वाचनको मिति घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोर्चासँगको सहमतिपछि निर्वाचनको मिति घोषणा


४ माघ २०७३, मंगलबार


वीरगन्ज। उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए ।

फरक प्रसंगमा मन्त्री निधिले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस