आगलागी हुँदा सातलाख क्षति बढी क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगलागी हुँदा सातलाख क्षति बढी क्षति


४ माघ २०७३, मंगलबार


खोटाङ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाखभन्दा बढीको क्षति भएको छ ।

सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद रु १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब रु सात लाखभन्दा बढीको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन् ।

आगलागीबाट क्षतिको मुचुल्का तयार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस