सामुदायिक वनका पोखरी पुरिन थाले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामुदायिक वनका पोखरी पुरिन थाले


३ माघ २०७३, सोमबार


बेनी (म्याग्दी) । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् ।

तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भने, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।” तालका जलचर र फूलका प्रजातिसमेत नष्ट भएको कार्कीले बताए ।

सामुदायिक वनमा सतिपानी, रोहोटे, भसभसे, अमनीलगायत ताल रहेका छन् । अधिकांश ताल माटोले पुरिएपछि ताल पानीविहीन अवस्थामा पुगेका छन् । सामुदायिक वनमा रहेका कुवा, पोखरी र ताल पुरिएपछि यस क्षेत्रको जैविक विविधता नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए । विभिन्न माछाका प्रजाति र कालो र पहेँलो रङ्गको भ्यागुतासमेत तालमा हाल देखिन छाडेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस