विकासका लागि दलहरु मिलेर अघि बढ्नुपर्छः मन्त्री भण्डारी « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

विकासका लागि दलहरु मिलेर अघि बढ्नुपर्छः मन्त्री भण्डारी


३ माघ २०७३, सोमबार


तनहुँ । वन तथ भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सबै राजनीतिक दल मिलेर विकास निर्माणको कार्यमा अघि बढ्नुपर्ने बताएका छन् ।

छैठौँ तनहुँ महोत्सवको आइतवार समापन गर्दै उनले ४ नं प्रदेशअन्र्तगत तनहुँलाई नमूना जिल्लाका रुपमा स्थापित गर्न उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलको सहकार्य हुनुपर्ने बताए ।

पृथ्वीराजमार्गअन्र्तगत दमौलीको भोर्लेटार चोकमा आकाशे पुल निर्माणका लागि जिल्ला विकास समितिसँग सहकार्य गरेर अघि बढ्न लागिएको उनको भनाइ थियो ।

महोत्सवको अन्तिम दिन रु ५५ लाखको आर्थिक कारोबार हुनुका साथै ४५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता ईश्वर विष्टले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस