बोधिचित्तको खेती लोकार्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोधिचित्तको खेती लोकार्षण


प्रशासन विशेष ब्युरो

१ माघ २०७३, शनिबार


काठमाडौं । साहित्यकार दुर्गाप्रसाद ग्वालटारेको लघुकथा सङ्ग्रह बोधिचित्तको खेती शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोकार्पण भएको छ ।

लघुकथा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिद्धारा लोकार्पण गरिएको लघुकथा संग्रहको बारेमा साहित्यकारद्धय पुष्पराज भट्ट र नारायण तिवारीले समिक्षा गरेका थिए ।

साहित्यकार पुष्पराज भट्टले बोधिचित्तको खेतीबारे समिक्षा गर्दै अहिलेको समय, समाज र संस्कृतिका बारेमा उत्खनन् गर्दै व्यक्तिगत जीबन र पारिवारीक जीबनका उतारचढाब लाई कुशल ढंगले प्रस्तुत गरिएको बताएका छन् । मातृभूमिलाई बोकेर हिँडेका सर्जकको प्रयासलाई नमन् गर्नुपर्ने बताउदै फरक पेशा भएपनि भाषा, संस्कृती र कलाप्रतिको आकर्षण साच्चिकै मनन्योग्य भएको भट्टले बताए ।

लघुकथाहरुले आफ्नो स्थान ग्रहण गरेको भएपनि कतिपय कुरामा लेखकले ध्यान पुग्न नसकेको हो कि भन्ने कुरा औल्याएका छन् । सुक्ष्मता लघुकथाको विशेषता भएको बताउदै केही लघु कथाहरुमा घटनाको आधारमा कथालाई अघि बढाउनु पर्नेमा बढी नै चरित्र चित्रण भएको कुरा औल्याए ।


लघुकथा लेख्नु आफैमा ठूलो कुरा भएपनि प्रकाशनका क्रममा पुस्तकको आकार, प्रकार तथा साख सज्जाबारे धेरैको ध्यान नजाने गरेको अवस्थामा बोधिचित्तको खेती धेरै उत्कृष्ठ साखसज्जामा आएको छ 

त्यसैगरी साहित्यकार नारायण तिवारीले दुर्गाप्रसाद ग्वाल्टारेमा लघु कथा लेख्ने सामथ्र्य रहेको कुरा बोधिचित्तको खेतीले पुष्ट गरेको बताउदै लघुकथा लेख्नु आफैमा ठूलो कुरा भएपनि प्रकाशनका क्रममा पुस्तकको आकार, प्रकार तथा साख सज्जाबारे धेरैको ध्यान नजाने गरेको अवस्थामा बोधिचित्तको खेती धेरै उत्कृष्ठ साखसज्जामा आएको बताए । ग्लाल्टारेको संग्रहभित्र समावेश ८२ वटा लघुकथाहरुमध्ये विशेष दिन शिर्षकको कथाले अत्यन्त मन छोएको साहित्यकार तिवारीले बताए ।

लोकार्षण कार्यक्रमका प्रमुख अथिति तथा प्रज्ञा प्रतिषठनका कुलपति गङ्गाप्रसाद उप्रेतिले लघुकथाको शिर्षकले नै धेरै कुरा उजागर गरेको बताए । धेरै नेपालीको सपनाको केन्द्र नै बनेको महत्वपूर्ण फल बोधिचित्त जसरी एकाएका सबैको आकर्षण बन्यो र त्यसले धेरेको मन मस्तिष्कमा तरंग ल्यायो, त्यसैगरी ग्वाल्टारेको लघुकथाले पनि पाठकहरुमो मनमस्तिष्कमा तरंग ल्याउने बताए ।

कुलपति उप्रेतिले नेपाली समाजमा लघुकथाप्रतिको आकर्षण बढ्दै गएको बताउदै लघुकथा समाजले गर्दै आएको काम अर्थपूर्ण रहेको देश विदेशबाट भइरहेको सहयोगले यस क्षेत्रको विकासमा थप विकास गर्दै जाने बिचार समेत व्यक्त गरे ।

लोकार्पण कार्यक्रमका सभापति तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले दुर्गा प्रसाद ग्वाल्टारेको लघुकथा बोधिचित्तको खेतीमा समावेश भएका लघुकथाहरु पढ्दै जाँदा पहिलो कृतिको लेखक जस्तो नभइ एक स्थापित लघुकथाकारको कृतिजस्तो लागेको बताए ।


लधुकथा लेखनले मलाई आराम र आनन्द मिल्छ -कथाकार ग्वाल्टारे -साहित्यकार नारायण तिवारी

लघुकथा के हो भन्ने फेसबुक पेजसंग साक्षात्कार भएर लेख्दै जाने क्रममा जन्मिएको लघुकथा बोधिचित्तको खेतीसम्म आइपुग्दा रमेश खकुरेलको ठूलो हात रहेको कथाकार ग्वाल्टारेले बताए । “एउटा कविता बाचन कार्यक्रम मैले पढेको कवितालाई लिएर वा वा वा वा दुर्गा जी तपाइको यो कवितामा त सररर चित्र बहन्छ यदि उहाले त्यो नभनिदिएको भए म त्यतातर्फ लाग्दैनथे” –ग्वाल्टारेले त्यो दिन सम्झिदै भने । लघुकथा लेखनले आफुलाई आराम र आनन्द दिने भएकोले लेखन नछोड्ने पनि उनले बताए ।

पेसाले इन्जिनियर समेत रहेका ग्वालटारेको यो लघु कथा सङ्ग्रह दोस्रो कृति हो । उनको यसभन्दा पहिले २०७१ सालमा ‘सारै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह प्रकाशित भइसकेको छ । समाजमा देखेका र भोगेका घटनालाई कथाको माध्यमबाट बाहिर ल्याउन खोजिएको यस सङ्ग्रहभित्र ८२ वटा कथाहरु समावेस गरिएका छन् ।

सरल र सहज संरचनामा बिम्बात्मक र कवितात्मक स्वरुपले ओतप्रोत ग्वाल्टारेका लघुकथाहरुले सामाजिक मनोविज्ञानको प्रतिबिम्बलाई झल्काएको पाइन्छ ।

कविता सङ्ग्रह प्रकाशन गरेर एक कुसल कविको परिचय बनाई सकेका ग्वालटारेले गजल बिधामा पनि कलम चलाएका छन् । वि।सं। २०४९ र २०५९ मा गरी दुई पटक नेपाल सरकारबाट ‘शिक्षादिवस पदक’ पाइसकेका ग्वालटारेका मुक्तक, जगल, बालकवितार लघुकथा सङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस