Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हर्षोल्लासका साथ माघि मनाइदै


१ माघ २०७३, शनिबार


कैलाली । तराईमा बसोबास गर्ने थारु समुदायमा माघी पर्वको रौनक छाएको छ । पुस अन्तिम दिनबाट सुरु भइ माघ दुई गतेसम्म यो पर्वलाई थारु समुदायले उल्लासपूर्वक मनाउने गर्दछन् ।

विगतको गतिविधिको समिक्षा गर्दै नयाँ अध्याय सुरु गरिने भएकाले माघीलाई थारु समुदायले नयाँ वर्षको रुपमा लिने गरेका छन् । माघीमा मिठा परिकाहरु खाएर, नाचगान गरेर मनाउने चलन छ ।

पुस अन्तिम दिन माछा मासुको परिकार खाने र मघौटा नाच नाचिने गरेको पहलमानपुर–५ जवलपुरका भलमन्सा योगेन्द्र चौधरीले जानकारी दिए । माघ १ गते बिहानै तलाउ, नदी, दहमा नुहाउने चलन रहेको जनाइएको छ ।

यसरी विहानै स्नान गर्दा पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । यहि दिन ठूलाबडा, मान्यजनको आशिर्वाद लिने र इष्टमित्र आफन्तलाई भेटघाट गर्ने चलन छ । माघी पर्वको तेस्रो दिनलाई खिचरहुवा भन्ने गरिएको छ । यहि दिन गाउँ चलाउनका लागि भलमन्सा, अघरिया, चौकीदार लगायत गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिएको भोलाराम कठरियाले बताए ।

विगतमा घरको कामकाजको समिक्षा गर्दै आगामी कार्यक्रम पनि यहि बेला तय हुने गरिन्छ । जसलाई खोज्नी बोज्नी पनि भन्ने गरिएको छ । माघी पर्वसंगै थारु समुदायमा विधिवत रुपमा विवाह, अंशवण्डा लगायतका कार्यको थालनी समेत हुने गर्छ ।

माघी पर्वको अवधीभर ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’ जस्ता बोलको कोरस गाउँदै जेष्ठ नागरिक देखि तन्नेरीहरु नाचगान गर्ने गर्दछन् । यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ ।

थारु समुदायमा परिवारको हैसियत जस्तोसुकै रहे पनि सबैले माघीलाई भने जेजसरी हुन्छ हर्षेउल्लासकासाथ मनाउने गर्दछन् । यो पर्वमा सबैको घरमा सुङगुरको मासु पाकिएको हुन्छ । थारु समेदायमा माघीको निकै रौनक छाएकोे छ ।

प्रतिक्रिया दिनुहोस